कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या हालसम्मकै सबैभन्दा उच्च

५ जेठ, काठमाडौं ।

कोरोना भाइरस संक्रमणबाट नेपालमा २४ घन्टाभित्र हालसम्मकै सबैभन्दा बढी संख्यामा मृत्यु भएको छ । एकै दिन झन्डै साढे दुई सय जनाको मृत्यु भएको छ भने ८ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घन्टामा २ सय ४६ जनाको मृत्यु भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा थप ८ हजार १ सय ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट एकै दिन मृत्यु हुने यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि वैशाख २८ गते २ सय २५ जनाको मृत्यु भएको थियो ।

पीसीआर विधिबाट ८ हजार ६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ सय ९ गरी ८ हजार १ सय ७३ जना संक्रमित भेटिएका हुन् । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७ सय ९ सय ८९ रहेको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here