५ जेठ, काठमाडौं ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा दुई हजार ४ सय ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १ हजार ९ सय ८८ र ललितपुरमा २ सय ७० जनामा कोरोना देखिएको छ । यसैगरी भक्तपुरमा २ सय २८ जना गरी उपत्यकामा दुई हजार ४ सय ८६ जना संक्रमित भेटिएका हुन् ।
यो संख्या मंगलबारको तुलनामा १ सय ४९ जना कम हो ।