५ जेठ, बुटवल ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पश्चिमको दाउन्नेमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन् । बस सडकबाट झन्डै डेढ सय मिटर तल खसेको छ ।
काठमाडौंबाट रुकुम पश्चिम आउँदै गरेको ना ५ ख २७१३ नम्बरको बस दाउन्नेको खुर्सानी खोलामा बुधबार बिहान दुर्घटना भएको हो ।
डीएसपी राजु लामाका अनुसार हालसम्म मृतकहरुमध्ये रुकुम पश्चिमका ३६ वर्षीय धनराज घर्ती र २७ वर्षीया कल्पना पुनको मात्र सनाखत भएको छ ।
घाइतेहरुको पश्चिम नवलपरासीको चिसापानी सामुदायिक अस्पताल लगायतका स्थानमा उपचार भइरहेको डीएसपी लामाले जानकारी दिए । सामान्य घाइते अवस्थामा रहेका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।