भारतसँगको सीमामा सशस्त्रको गोलीले एक जना गम्भीर घाइते

५ जेठ, नवलपरासी ।

नवलपरासी (पश्चिम) को दक्षिणी सीमामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवक गम्भीर घाइते भएका छन् ।

प्रहरीको गोली लागेर प्रतापपुर गाउँपालिका वडा नं. ६ कठहवाका २२ वर्षीय अविनाश राय घाइते भएका हुन् ।

बुधबार बिहान साढे ९ बजेतिर भारतीय सीमातर्फ जाँदै गरेका तीनजना नेपाली युवालाई रोक्न खोज्दा विवाद भएपछि प्रहरीले गोली चलाएको प्रत्यक्षदर्शीको भनाइ छ ।

प्रहरीले गोली चलाएको घटनाले स्थानीयमा त्रास बढेको र सीमावर्ती नेपाल र भारत दुबैतर्फको अवस्था तनावपुर्ण बनेको स्थानीयको भनाइ छ । यस घटनाबारे सशस्त्र प्रहरीको तर्फबाट कुनै कुरा सार्वजनिक भएको छैन ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here