५ जेठ, काठमाडौं ।
लमजुङको भुलभुलेमा फेरि भूकम्प गएको छ । तीन घन्टामा त्यहाँ दोस्रो पल्ट भूकम्प गएको छ ।
भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ बजेर २६ मिनेटमा ५.३ म्याग्नेच्युटको भूकम्प गएको हो । बिहान ५ बजेर ४२ मिनेटमा लमजुङको भुलभुले नै केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूकम्प गएको थियो ।
पहिलो भूकम्पको धक्का काठमाडौंसम्म महसूस गरिएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माका अनुसार लमजुङको भुलभुलेमा केन्द्र भएर बुधबार बिहानदेखि दुई पटक भूकम्प गएको हो ।