भारतमा कोरोनाको तेस्रो लहरको लक्षण, उत्तराखण्डमा बालबालिकामा बढ्यो संक्रमण

५ जेठ, काठमाडौं ।

भारतको उत्तराखण्डमा पछिल्लो डेढ महिनामा १६ हजारभन्दा धेरै बच्चा तथा १९ वर्षसम्मका किशोरमा संक्रमण देखिएको छ । स्टेट कन्ट्रोल रुम कोभिड १९ को वेबसाइटका अनुसार यसमा नौ वर्षको उमेरका ३ हजार २० र १० देखि १९ वर्षबीचको १३ हजार ३ सय ९३ किशोरमा संक्रमण देखिएको छ ।

कोरोना संक्रमणको पहिलो घटना राज्यमा अघिल्लो वर्षको मार्चमा देखिएको थियो । झण्डै एक वर्षमा प्रदेशमा बच्चा र किशोरलाई संक्रमणको कुल सख्या १० हजार ७ सय ४० जना भेटिएको छ । तर एक महिना अर्थात् अप्रिल २०२१ सम्म यो संख्याले १८ हजारको आँकडा पार गर्यो ।

बच्चा र किशोरमा संक्रमण तीव्र रुपमा फैलिइरहेको छ । यसबाट यो जिज्ञासा उठेको छ कि उत्तराखण्डमा कोरोनाको तेस्रो लहर पुगिसकेको छ । जसको बारेमा भनिएको छ कि यसमा सबैभन्दा धेरै नोक्सानी बच्चा र किशोरहरुमा हुनेवाला छ ।

उत्तराखण्डमा डायरेक्टर नेसनल हेल्थ मिसन डा. सरोज नैथानी भन्छन् काहीँ न काही यो आँकडाले सिंगो भारतलाई सचेत गराइरहेको छ ।

उत्तराखण्डमा यही उमेरसमूहमा पनि विभिन्न वर्गका बच्चाहरु छन् । एकातिर ठूला भवनमा बसेर भिडियो गेम खेल्ने र अनलाइनबाट पढ्ने बच्चाहरुदेखि सानो झुपडीमा जीवन बिताउनेहरुसम्म छन् ।

अर्काे गाउँघरमा रहनेहरु बढी पहाडी भेगमा बस्छन् । उनीहरुमा यो भ्रम छ कि पहाडी भेगमा कोरोना संक्रमण देखिँदैन ।

डा. सरोज भन्छन्, ‘अहिले जुन तथ्यांक आएको छ, त्यसमा हामीले हेर्नुपर्छ कि कोरोना भाइरस कुन स्तरका बच्चामा धेरै देखिएको छ । के यो सबै देहरादून, हरिद्वार र उधमसिंह नगरका हुन् या पहाडी भेगका बच्चामा पनि देखिएको छ । हाम्रो सर्विलेन्स टीमले यसको खोजी सुरु गरिसकेको छ ।’

सरोज भन्छन्, ‘महामारीको इतिहासलाई हेर्ने हो भने सामान्यतया महामारीको ३ देखि ४ वटासम्म लहर आउने गर्छ । भाइरस म्युटेड पनि भइरहेको छ । अहिलेसम्म मुलुकमा १८ वर्षभन्दा बढी उमेर समूहका मान्छेमा मात्रै कोरोना भाइरसको खोप लगाउने गरिएको छ । बचेका १८ वर्षभन्दा कम उमेरका बच्चाहरुमा यसको खतरा देखिएको हो ।’

उत्तराखण्ड सरकारका प्रवक्ता तथा क्याबिनेट मन्त्री सुबोध उनियाल भन्छन्, ‘सरकारले बच्चाहरूको लागि छुट्टै कोविड अस्पताल तयार गरिरहेको छ, जसमा बच्चाहरूलाई छुट्टै कोठामा राखिनेछ । हामी यसमा होटेलहरू पनि समावेश गर्दछौं, जसले उनीहरूलाई कोविड अस्पताल बनाइन्छ, एकल कोठा सुविधा दिइदैछ, जसमा उनीहरूका अभिभावकहरू बच्चासँगै राख्नुप¥यो भने तिनीहरूलाई राख्न सकिन्छ ।’

सुबोध उनियाल राज्यमा पर्याप्त संख्यामा बाल विशेषज्ञहरू नभएको स्वीकार गर्छन् । तर तयार पारिएका सबै अस्पतालहरुमा बाल विशेषज्ञहरूको उपलब्धता रहेको उनको दाबी छ ।

‘हामीले सबै जिल्ला मजिस्ट्रेटहरू र प्रमुख मेडिकल अधिकारीहरुलाई अधिकार दिएका छौं, डाक्टरहरुको अभाव भए तत्काल भर्ती गर्न सक्ने अधिकार पनि दिएका छौं,’ उनले भने । (एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here