५ जेठ, काठमाडौं ।
लमजुङ केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूकम्प गएको छ । बिहान ५ बजेर ४२ मिनेट जाँदा गएको भूकम्पको काठमाडौंसम्म धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माका अनुसार लमजुङको भुलभुले केन्द्र भएर भूकम्प गएको हो ।
भूकम्पबाट मानवीय क्षति भने नभएको र केही कच्ची घरहरु चर्किएको जानकारीमा आएको प्रहरीले जनाएको छ ।
भूकम्पले माटोले बनेका पुराना घरहरु भत्किएको, चर्किएको भन्ने सूचना आए पनि त्यसबाट मानवीय क्षति भएको खबर भने नआएको प्रहरीको भनाइ छ । प्रहरीले हाल क्षतिको विवरण संकलन गरिरहेको जनाएको छ ।