आजबाट सर्वोच्चले सुरु गर्‍यो भर्चुअल बहस

४ जेठ, काठमाडौं ।
सर्वोच्च अदालतले मंगलबारदेखि भर्चुअल बहसको सुरुआत गरेको छ । बन्दीप्रत्यक्षीकरणका ६ रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश अनिल कुमार सिन्हाले यसको सुरुआत गरेका छन् ।

सर्वोच्चको चालू पञ्चवर्षीय रणनीतिक योजनामा पनि न्यायपालिकालाई प्रविधिमैत्री बनाउने उल्लेख छ । अझ कोरोना महामारीको समयमा संक्रमणको जोखिम घटाउन भर्चुअल बहसको सुरुआत गरिएको सर्वोच्च प्रशासनले जनाएको छ ।

कानून व्यवसायीले आफ्नै फर्म वा सर्वोच्चकै सञ्चार कक्षबाट बहस गर्न सक्ने छन् । सुरुआती चरणमा एउटा मात्र बेञ्चबाट यसको सुरुआत गर्ने र बिस्तारै यसलाई व्यवस्थित र विस्तार गर्दै लगिने सर्वोच्चका सह प्रवक्ता देवेन्द्र ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here