४ जेठ, बारा ।
बारामा एकै घरका दुई दाजुभाइको घाँटी रेटी हत्या गरिएको छ । एकै परिवारका दुवै जनाको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ ।
बाराको रंगपुरमा रहेको मदर्शा सल्फिया कन्जुल उलुममा नौ वर्षीय उसमान अन्सारी र सात वर्षीय अमिन अन्सारीको शव मंगलबार बिहान भेटिएको प्रहरीले जनाएको छ । दुवैजना सहोदर दाजुभाइ हुन् ।
कलैया उपमहानगरपालिका– ७ निवासी अब्दुल रसारका दुई छोरा हिजो बेलुकादेखि बेपत्ता थिए । रसार वैदेशिक रोजगारीका क्रममा देशबाहिर रहेका छन् ।
घटनास्थल सील गरी प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए । घटनाका सम्बन्धमा प्रहरीले केही समयपछि विस्तृत विवरण दिने बताएको छ ।