एक क्विन्टल गाँजासहित तीन जना पक्राउ

४ जेठ, हेटौडा ।
एक क्विन्टल गाँजासहित जिल्ला प्रहरी कार्यालय मकवानपुरले तीनजनालाई पक्राउ गरेको छ । सोमबार प्रहरीले गाँजासहित हेटौँडा– १ बाट तीनजनालाई पक्राउ गरेको जनाएको छ ।

विशेष सूचनाको आधारमा प्रहरीले भीमफेदी गाउँपालिकाको नामटारबाट हेटौँडातर्फ आउँदै गरेको ना.२ख ९८६२ नम्बरको ट्रकबाट गाँजा बरामद गरेको जनाएको छ । ट्रक चेकजाँच गर्दा क्याबिनको हुटमा फल्स बटम बनाई लुकाएर ल्याएको अवस्थामा गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले बताए ।

पक्राउ पर्नेमा काभ्रे महाभारत गाउँपालिका– ५ बस्ने चालक ४९ वर्षीय आइतेबहादुर ठाडामगर, गाँजा ओसारपसारमा संलग्न भएको भन्दै मकवानपुर भीमफेदी गाउँपालिका– ९ बस्ने ४१ वर्षीय राजकुमार तामाङ र कैलाश गाउँपालिका– १० बस्ने ३६ वर्षीय सविन भन्ने सुविन रुम्बा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here