मेक्सिकन सुन्दरीले जितिन् मिस युनिभर्स २०२० को ताज

३ जेठ, काठमाडौं ।
मिस युनिभर्स २०२० को उपाधि मेक्सिकोकी सुन्दरीले जितेकी छिन् । मेक्सिकोकी एन्ड्रिया मेजाले उक्त ताज पहिरेकी हुन् ।

पूर्व मिस यूनिभर्स जोजिबिनी टुन्जीले उनलाई ताज लगाइदिएकी छिन् । अमेरिकाको फ्लोरिडामा आयोजना भएको प्रतियोगितामा सफ्टवेयर इन्जिनियरिङमा डिग्री हासिल गरेकी यी सुन्दरीले उपाधि जितेकी हुन् ।

‘यदि तपाईं देशको लिडर हुनुभयो भने कोभिड १९ नियन्त्रणका लागि कस्तो कदम चाल्नुहुन्छ भन्ने प्रश्नमा उत्कृष्ट जवाफ दिंदै उनले उपाधि जितेकी हुन् ।

ब्राजिलकी जुलिया गामा फस्ट रनरअप हुँदा पेरुकी ज्यानिक मासेटा सेकेन्ड रनरअप भएकी छिन् । यो प्रतियोगितामा नेपालकी अनिष्का शर्माले पनि सहभागिता जनाएकी थिइन् । तर, उनले उत्कृष्ट २१ मा पनि स्थान बनाउन सकिनन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here