३ जेठ, सुर्खेत ।
कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । सोमबार एकै दिन कर्णालीका विभिन्न जिल्ला अस्पतालमा १३ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
रुकुम पश्चिममा ४ जना, दैलेख र सुर्खेतमा ३÷३ जना, सल्यानमा २ जना र जुम्लामा १ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्काले जानकारी दिए । उनीहरुको उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कर्णालीमा थप ४ सय ५९ जना कोरोना संक्रमित थपिएका छन् भने २ सय ३८ जना संक्रमित निको भएका छन् ।