प्रदेशभरका अस्पताललाई यथाशिघ्र अक्सिजन प्लान्ट जडान गर्न मुख्यमन्त्री पौडेलको आग्रह

३ जेठ, हेटौँडा ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले १३ वटै जिल्लाका अस्पताललाई छिटो अक्सिजन प्लान्ट जडान गर्न आग्रह गरेका छन् ।

प्रदेशका १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख र स्थानीय तहका प्रमुखसँग आइतबार साँझ भर्चुअल संवाद गर्दै मुख्यमन्त्री पौडेलले कोरोना संक्रमित बिरामीको उपचारलाई सहज बनाउन प्रत्येक अस्पतालले अक्सिजन प्लान्ट जडान गर्न आग्रह गरेका हुन् ।

प्रत्येक अस्पतालले उपचार सेवालाई उच्च प्राथमिकतामा राखेर सङ्क्रमित बिरामीलाई उपचार सेवा प्रदान गर्न स्थानीय प्रशासन र जिससका प्रमुखबीच समन्वय तथा सहकार्यका साथ अघि बढ्न उनले आग्रह गरे ।

उनले अक्सिजन प्लान्टको जडान गर्न र अन्य आवश्यकीय व्यवस्थापन मिलाउन प्रदेश सरकारले बजेट विनियोजन गरिसकेको र समुदायलाई आफ्नो व्यवहारलाई सुधार गरेर अनावश्यक भिडभाड नगर्न पनि स्थानीय तहलाई जनशक्ति परिचालन गर्न आह्वान गरे ।

भर्चुअल संवादमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले प्रत्येक जिल्लाका गाउँटोलमा जनचेतना फैलाउन र बिरामीलाई समभावपूर्ण व्यवहार गर्न स्थानीय तहले घरदैलो अभियान सञ्चालन गर्न मन्त्रालयले नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गरेको बताइन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here