३ जेठ, काठमाडौं ।
हालसम्म काठमाडौं महानगरपालिकाभित्र ५१ हजार ४ सय १२ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । तीमध्ये १० हजार ८ सय १ सक्रिय सङ्क्रमित छन् ।
सबैभन्दा बढी वडा नं ३२ मा चार हजार ७ सय ५५ जना संक्रमित छन् भने सबैभन्दा कम वडा १८ मा २ सय ७ जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी हालसम्म ४० हजार २ सय ३६ जना यस रोगबाट मुक्त भएका छन् । कोरोना सङ्क्रमणकै कारण महानगरका ३ सय ४५ जनाले ज्यान गुमाएका छन् ।
महानगरमा हाल रहेका सङ्क्रमितमध्ये १० हजार १ सय ८१ होम आइसोलेशनमा छन् भने १ सय १४ जना संस्थागत आइसोलेशनमा र ५ सय ६ ले अस्पतालमा उपचार गराइरहेका छन् ।