२ जेठ, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पुनर्सरचनाको संकेत गरेका छन् । आइतबार उनले आफ्नो फेसबुक पेजमा सोको लागि सुझाव मागेका छन् । ।
पोस्टमार्फत् आगामी दिनमा पार्टीको राजनीतिक एव संगठनात्मक संरचनालाई समेत नयाँ ढंगले अघि बढाउने सोच बनाएको उनले बताएका हुन् । उनले पार्टी कस्तो बनाउने भन्ने बारेमा इमेल मार्फत् सुझाव दिन आग्रह समेत गरेका छन् ।
‘हाम्रो गौरवशाली पार्टी नेकपा (माओवादी केन्द्र) द्वारा आगामी दिनका लागि विचार, राजनीतिक, संगठनात्मक संरचना, घाइते अपांग एवं शहिद परिवार लगायत नेता कार्यकताको आचरण अनि व्यवस्थापन र जिम्मेवारीको बारेमा नयाँ ढंगले अगाडी बढाउने सोच राखेकोले उचित राय सल्लाह सुझावको अपेक्षा गरिएको छ,’ उनले पोस्टमा लेखेका छन् ।
यसका लागि उनले इमेलमा सुझाव पठाउन भनेका छन् । माओवादी केन्द्र कस्तो बनाउने ? भन्ने बारेमा सुझाव दिनको लागि पोस्टमा उल्लिखित इमेल ठेगानामा (cpnmcsujhav@gmail.com) आफ्नो धारणा पठाउन सकिने प्रचण्डले जानकारी दिएका छन् ।