फेरि बढ्यो इन्धनको मूल्य

२ जेठ, काठमाडौं ।

नेपाल आयल निगमले केही इन्धनको मूल्य पुनः बढाएको छ । पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २÷२ रुपैयाँ मूल्यवृद्धि गरिएको हो ।

निगमका अनुसार आइतबार राति १२ बजेपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १ सय २३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १ सय ६ र आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानको इन्धन मूल्य प्रतिलिटर ७८ कायम भएको छ ।

आयल निगमले एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य भने बढाएको छैन ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here