चिनियाँ अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण

१ जेठ, काठमाडौं ।

चीनको अन्तरिक्ष रोबोटले मंगल ग्रहमा सफलतापूर्वक अवतरण गरेको बताइएको छ । यसरी मंगल ग्रहमा रोबोट पुर्याउने चीन विश्वको तेस्रो देश बनेको छ ।

‘चु रोङ्ग रोभर’ नाम दिइएको अन्तरिक्ष रोबोट शनिबार मंगल ग्रहमा अवतरण गरेको चाइना नेशनल एडमिनिस्ट्रेशनले जनाएको छ । यसलाई चीनको एक ठूलो सफलता मानिएको छ ।

यो महत्वपूर्ण सफलतापछि चिनियाँ राष्ट्रपति सी जिनफिङले विशेष सन्देशमार्फत् चिनियाँ वैज्ञानिक तथा इन्जिनियरहरुलाई बधाई दिएका छन् ।

पौराणिक अग्नि र युद्ध देवताको नामबाट चीनले रोबोटको नाम ‘चु रोङ्ग रोभर’ राखेको हो । रोभर पांग्रा भएको एक सानो अन्तरिक्ष रोबोट हो । चु रोङ्गमा ६ वटा पांग्रा जडान गरिएको छ ।

‘चु रोङ्ग रोभर’ मंगल ग्रहको उत्तरी गोलार्धको युटोपिया प्लेनेशियाको समतल भागमा अवतरण गरेको छ । युटोपियाबाट यस रोभरले मंगल ग्रहका तस्वीर पठाउनेछ ।

चीनले यस रोभरमा एक प्रोटेक्टिभ क्याप्सुल, एक प्यारासुट र रकेट प्लेफर्म प्रयोग गरेको छ । चिनियाँ वैज्ञानिक तथा इन्जिनियरहरुले यो मिसनका लागि लामो समयदेखि काम गर्दै आएका थिए ।

पृथ्वीबाट मंगलग्रहसम्मको दुरी ३२ करोड किलोमिटर छ । यस हिसाबले चु रोङ्ग रोभरले मंगल ग्रहबाट पृथ्वीसम्म आफ्नो सन्देश पठाउन १८ मिनेटको समय लगाउने बीबीसीले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।

अन्तरिक्ष विज्ञानमा अमेरिकाको ऐतिहासिक उपलब्धि छ । मंगल ग्रहमा सफलता हासिल गरेसँगै अब चीनले अमेरिकालाई चुनौती दिएको बीबीसीले जनाएको छ । हालै चीनले विश्वको पहिलो क्वान्टम उपग्रहलाई चन्द्रमामा अवतरण गराएको थियो ।

त्यहाँबाट केही नमूना संकलन गर्न पनि चीन सफल भएको थियो । चीनले आफ्नै अन्तरीक्ष स्टेशनसमेत बनाइरहेको छ । यदि चु रोङ्ग अन्तरिक्ष रोबोटले मंगल ग्रहबाट सूचना संकलन र तस्वीर पठाउन सक्यो भने यो सफलता हासिल गर्ने चीन अमेरिकापछिकै दोस्रो देश बन्ने छ ।

रुसले पनि सन् १९७१ मा मंगल ग्रहमा अन्तरिक्ष रोबोट पठाएको थियो तर सिग्नल टुटेपछि त्यहाँबाट कुनै पनि सूचना हासिल भएको थिएन ।

मंगल ग्रहलाई अप्ठ्यारो र चुनौतीपूर्ण पर्यावरणका लागि पनि चिनिन्छ । यहाँ धूलोयुक्त आँधी निकै शक्तिशाली हुन्छ । कुनै पनि अन्तरिक्ष मिसनका लागि यही नै सबैभन्दा ठूलो चुनौती हुने बिबिसीको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here