२४ घन्टामा ४ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

१ जेठ, काठमाडौंं ।

देशभरमा ४ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाले १ सय ८७ जनाको मृत्यु भएको छ ।

यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ८ सय ५६ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार थप ८ हजार १ सय ६७ जना कोरोना संक्रमित थपिएका छन् ।

गत चौबीस घन्टामा १७ हजार ९ सय ७१ पीसीआर तथा ५ सय ७७ एन्टिजेन परीक्षण भएको छ । शनिबार ५ हजार ४ सय ५५ संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिसचार्ज हुनेको संख्या ३ लाख ३३ हजार १ सय ८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here