ओमानबाट ६ सय अक्सिजन सिलिन्डर नेपाल ल्याइँदै

१ जेठ, काठमाडौं ।

गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा नेपालले झन्डै ६ सय अक्सिजन सिलिन्डर ल्याउँदै छ । सहयोग स्वरुप प्राप्त हुने अक्सिजन सिलिन्डर लिन नेपाल एयरलाइन्सको विमान शनिबार ओमान उडेको छ ।

ओमानको राजधानी मस्कटको लागि विमानले उडान गरेको नेपाल एयरलाइन्सका महाप्रवन्धक डिम प्रकाश पौडेलले जानकारी दिए । बिहान साढे ७ बजे उडेको उक्त विमान शनिबार साँझ ६ः४० मा नेपाल अवतरण हुने छ ।

आज नै चीनको बेईजिङमा पनि उक्त विमानले उडान भर्ने बताइएको छ । बेइजिङमा करिब ४ सय थान अक्सिजन कन्सर्नटेटर, सोही संख्यामा सिलिन्डर र अन्य चिकित्सा सामग्री लिनको लागि विमान पठाउन लागिएको पौडेलले जानकारी दिए ।

त्यसपछि हरेक दिन ५ सय क५० थान सिलिन्डर उत्पादन हुने भएकोले हरेक दिन नै ए ३३० विमान बेइजिङ पठाउने तयारी एयरलाइन्सको छ । त्यहाँको सिलिण्डर उत्पादनको अवस्थालाई हेरेर कतिदिन उडान भर्ने भन्ने यकिन हुने नेपाल एयरलाइन्सले जनाएको छ । जहाज राति ११ बजे बेइजिङ उड्दै छ ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here