सिभिल अस्पताल कोभिड अस्पतालमा रुपान्तरण

१ जेठ, काठमाडौं ।
सिभिल अस्पताललाई कोभिड उपचार अस्पतालमा रुपान्तरण गरिएको छ । १ सय ५० बेड रहेको उक्त अस्पतालमा कोरोना संक्रमितको उपचार गरिने भएको छ ।

शुक्रबार वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालय र अस्पतालबीच भएको सम्झौता अनुसार प्रदेशले अस्पतालमा कोभिडका बिरामीहरुलाई उपचार गराउनको लागि दुई करोड २४ लाख ५० हजार रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ । सो रकम अख्तियारीमा उल्लेख भए अनुसार अस्पतालले खर्च गर्ने भएको छ ।

सम्झौता अनुसार डेढ सय शय्याको अस्पताल सञ्चालनको लागि आवश्यक पर्ने आर्थिक, भौतिक, औषधि, उपकरण, भवन आदि जनशक्ति लगायतको व्यवस्था अस्पताल स्वयंले गर्नुपर्नेछ । साथै अस्पतालले नियमित तोकिएको ढाँचामा बिरामीको दैनिक अवस्थालाई विश्लेषण गरेर मन्त्रालयको स्वास्थ्य कार्यालय काठमाडौंलाई प्रतिवेदन पेस गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

सम्झौतामा मन्त्रालयको तर्फबाट वरिष्ठ स्वास्थ्य प्रशासक डा. अर्जुनप्रसाद सापकोटा र अस्पताको तर्फबाट कार्यकोरी निर्देशक डा विद्यानिधि पौडेलले हस्ताक्षर गरेका छन् । यो सम्झौता शुक्रबारदेखि नै लागु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here