कांग्रेस उपसभापति गच्छदारलाई पत्नीशोक

१ जेठ, काठमाडौं ।

नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई पत्नीशोक परेको छ । उनकी श्रीमती निर्मलाको कोरोना संक्रमणबाट निधन भएको छ ।

शनिबार बिहान नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनी लामो समयदेखि फोक्सो सम्बन्धी समस्याबाट पीडित थिइन् । यसअघि उनलाई भारतको नयाँ दिल्लीमा लगेर समेत उपचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here