१ जेठ, काठमाडौं ।
जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको बैठकले महतोलाई दल नेता चयन गरेको एक सांसदले जानकारी दिए । बैठकलगत्तै सांसदहरुलाई लिएर अध्यक्ष महन्थ ठाकुर र नेता महतो भक्तपुरस्थित एक रिसोर्टमा पुगेका थिए, जहाँ एमाले संसाद महेश बस्नेत पनि पुगेका थिए ।
उक्त बैठकमा महतोलाई संसदीय दलको नेता बनाउने निर्णयमा १९ सांसदले हस्ताक्षर गरेको बताइएको छ । ढिला गरी निर्णय सार्वजनिक भए पनि सरकारमा सहभागी हुने विषयमा जसपा विभाजित रहेको पुनः पुष्टि भएको छ । उक्त छिटै औपचारिक रुपमा विभाजनको क्रममा रहेको देखिन्छ ।