नयाँ सरकारमा को–को बने मन्त्री ? (सूचीसहित)

३१ वैशाख, काठमाडौं ।
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज नै मन्त्रीमण्डल विस्तार गरेका छन् । जसमा सबै यसअघिकै सरकारका सदस्यहरु रहेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभाको ठूलो दलका नेताका हैसियतमा संविधानको धारा ७६ को उपधारा (३) बमोजिम बिहीबार नियुक्त प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालयको जिम्मेवारी आफूले सम्हालेका छन् भने उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मन्त्रीको जिम्मा भएको छ ।

विस्तारित मन्त्रिपरिषदमा २२ मन्त्री र तीन राज्यमन्त्री छन् । नियुक्तमध्ये २० मन्त्री र दुई राज्यमन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here