२४ घण्टामा वीरगञ्जमा १३ कोरोना संक्रमितको मृत्यु

A view of Narayani Hospital, a corona special temporary hospital in Birgunj Metropolitan City of Parsa district, on Friday, August 7, 2020. Photo: Ram Sarraf/THT

३१ वैशाख, वीरगञ्ज ।
वीरगञ्मा पछिल्लो २४ घन्टमा एक दर्जनभन्दा बढी कोरोना संक्रमितले ज्यान गुमाएका छन् । बिहीबार मृत्यु भएका १३ मध्ये १० जना पर्साका र ३ जना बारा जिल्लाका हुन् ।

नारायणी अस्पतालमा ४, नेशनल मेकिडल कलेजले बाबा होटलमा सञ्चालन गरेको कोरोना अस्पतालमा ३ र भवानी अस्पतालमा उपचाररत दुई जनाको ज्यान गएको हो । यसैगरी नारायणी बयोधा अस्पताल, स्पर्श मल्टि स्पेस्यालिटी हस्पिटल, प्रभु हस्पिटल र वीरगञ्ज हेल्थ केयर हस्पिटलमा १–१ जना गरी १३ जनाको मृत्यु भएको हो ।

यस्तै नारायणी अस्पतालमा उपचाररत वीरगञ्ज–१५ की ५५ वर्षीया महिलाको बिहीबार अपरान्ह साढे ३ बजे, वीरगञ्ज–२६ की ४५ वर्षीया महिलाको बिहीबार बिहान साढे ३ बजे, वीरगञ्ज–५ की ६० वर्षीया महिलाको बिहीबार बिहान साढे १ बजे र जितपुर सिमरा उपमहानगरपालिका–२० बस्ने ३५ वर्षीय पुरुष बुधबार बेलुका पौने १० बजे मृत्यु भएको छ ।

यस्तै नेशनल मेकिडल कलेजले बाबा होटलमा सञ्चालन गरेको कोरोना अस्पतालमा उपचाररत पर्साको जगरनाथपुर गाउँपालिका–८ का ८० वर्षीय पुरुषको बिहीबार बिहान ११ः९ बजे, वीरगञ्ज– १५ का ७६ वर्षीय पुरुषको बिहीबार अपरान्ह ४ः१० बजे र नेशनलकै कोरोना अस्पतालमा वीरगञ्ज– २६ की ५० वर्षीया महिलाको बिहीबार अपरान्ह ४ बजे मृत्यु भएको अस्पतालका डाक्टर ओम प्रकाश कुशवाहाले जानकारी दिए ।

‘अस्पतालमा अक्सिजन सकिएको थियो । सबैतिर हार गुहार ग¥यौं, कतैबाट आएन,’ उनले भने, ‘बिरामीको छोराले अस्पतालको सिलिण्डर लगेर बाहिरबाट अक्सिजन खोजेर ल्याए । त्यतिखेरसम्म उनको बुवाको मृत्यु भइसकेको थियो ।’

यस्तै वीरगञ्जकै भवानी अस्पतालमा उपचाररत पर्साको पोखरीया नगरपालिका–१० की ६५ वर्षीया महिलाको बिहीबार बिहान ६ बजे र वीरगञ्ज–१ का ६५ वर्षीय पुरुषको बिहीबार बिहान ५ बजे मृत्यु भएको छ ।

नारायणी बयोधा अस्पतालमा वीरगञ्ज–१० की ७२ वर्षिया महिलाको बिहीबार बिहान सवा १२ बजे मृत्यु भएको छ । बैशाख २६ गते कोरोना संक्रमण पुष्टि भएकी ती महिलालाइ बुधबार मात्रै बयोधा अस्पतालमा भर्ना गरिएको थियो ।

यस्तै वीरगञ्ज स्थित स्पर्श मल्टी स्पेस्यालिटी हस्पिटलमा वीरगञ्ज–२१ का ५६ वर्षीय पुरुषको बिहीबार बिहान २ः१६ बजे मृत्यु भएको छ । बैशाख १९ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुष बैशाख २७ गते अस्पतालमा भर्ना भएका थिए ।

त्यस्तै बैशाख २८ गते नै कलैया उपहानगरपालिका–७ बरेवा बस्ने ४८ वर्षीय पुरुष कोरोनासँग मिल्दोजुल्दो लक्षण सहित विरामी परे । नारायाणी अस्पतालमा ल्याई एन्टीजीन परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो । उनलाई थप उपचारका लागि भोलिपल्ट प्रभु अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो । उपचारको क्रममा बुधबार बेलुका ६ः५० मा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

बिहीबार नै वीरगञ्ज हेल्थ केयर हस्पिटलमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–५ का ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । बिहीबार बिहान १२ः५ बजे उनके मृत्यु भएको अस्पतालले जनाएको छ । वैशाख २७ गते संक्रमण पुष्टि भएकै दिन उनलाई गाह्रो भएपछि अस्पतालमा भर्ना गरिएको थियो । वडा सदस्य समेत रहेको उनको शव परिवारले लगेर दाह संस्कार गरेको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here