खाली पेटमा कहिल्यै नखानुस् यी खानेकुरा

dinning eating concept

३१ वैशाख, काठमाडौं ।

खाना मानवको आवश्यकता हो । दैनिक कार्यमा सहजताका लागि मात्र नभइ बाँच्न पनि खानाकै आवश्यकता पर्दछ ।

तर, कतिपय खानेकुरा यस्ता हुन्छन्, जो भोको पेटमा वा खाली पेटमा खानु हुँदैन । अरुबेला फाइदाजनक भए पनि खाली पेटमा सेवन गर्दा त्यस्ता खानेकुराको नकारात्मक असर पर्छ । त्यसैले आउनुस् यस्ता केही खानेकुराबारे जानौँ, जुन खाली पेटमा खानु हुँदैन ।

सोडा
सोडा कहिल्यै पनि खाली पेटमा सेवन गर्नु हुँदैन । किनभने यसमा उच्च मात्रामा कार्बोनेट एसिड हुन्छ । यसलाई खाली पेटमा पिइयो भने यसले निकै नराम्रो असर गर्छ ।

गोलभेडा वा टमाटर
गोलभेडा स्वादिलो हुन्छ र स्वस्थ्यकर पनि । यसलाई अचार बनाएर खान सकिन्छ, तरकारीमा मिसाउन सकिन्छ वा सलादकै रुपमा पनि प्रयोग गर्दा हुन्छ । तर, यस्तो गुणकारी गोलभेडा खाली पेटमा भने कहिल्यै सेवन गर्नु हुँदैन । यसमा एसिड पाइन्छ, जसले खाली पेटमा रासायनिक क्रिया हुन्छ । यसले पेटमा अघुलनशिल जेल निर्माण गर्छ । यो जेल पेटमा स्टोन बन्ने कारण बन्न सक्छ ।

मदिरा
मदिरा यसै पनि स्वास्थ्यको लागि हानिकारक हो । तर, खाली पेटमा यसको असर झन् बढी हानिकारक हुन्छ । खाली पेटमा मदिरा सेवन गर्दा त्यसको नकारात्मक प्रभाव शरीरमा पर्छ र अनेकौं रोगलाई यसले जन्म दिन्छ ।

मसलेदार
कहिले पनि खाली पेटमा मसलेदार खानेकुरा खानु हुँदैन । त्यस्ता खानेकुराले पाचन यन्त्रमा गम्भीर असर पु¥याउन सक्छ ।

कफी
गर्मीमा भन्दा पनि जाडोमा कफीको लत बढी लाग्छ । अन्य समयमा कफी पिउनु खासै नराम्रो मानिँदैन । यद्यपी खाली पेटमा भने कफी सेवन गर्नु हानिकारक हुन्छ ।

दही
दही स्वास्थ्यका लागि एकदमै लाभदायक हुन्छ । यसले पाचन क्रियामा पनि राम्रो असर गर्छ । तर, खाली पेटमा दही सेवन गर्दा त्यसले उल्टो असर गर्छ ।

केरा
केरा खानु राम्रो हो । तर, खाली पेटमा केरा सेवन गर्दा नराम्रो असर गर्छ । यसले शरीरमा म्यागनेशियम बढ्छ, जसले गर्दा क्याल्सियम र म्याग्नेसियको सन्तुलन बिग्रिन्छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here