काठमाडौँ : नेकपा एमालेको आज बसकेको पोलिट ब्यूरो बैठकले माधव नेपालसहित चार जना नेतामाथि गरिएको कारबाही फुकुवालाई नेपाल समूहका नेताले केपी ओलीको चालबाजी मात्र भएको प्रतिक्रिया दिएका छन् ।
एमाले केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले यो अन्तिम बेलामा भ्रम छर्ने जालसाजीपूर्ण निर्णय मात्रै रहेको बताए । ‘यो मान्य हुँदैन, जे काम पनि एउटा विधि प्रक्रियाबाट गरिएको हुनुपर्छ,’ खतिवडाले इकागजसँग भने, ‘पहिलो कुरा केपी ओलीले के निर्णय गर्दैछन् त्यो कुन कमिटीले गर्दैछन्, जुन कमिटी वैधानिक नै छैन । त्यस्तो अवैधानिक कमिटीले गरेको निर्णय मान्ने कसरी ?’