शिल्पा पोखरेल फेरि भोजपुरी फिल्ममा देखिँदै

३० वैशाख, काठमाडौं ।

नेपाली चलचित्रकी नायिका शिल्पा पोखरेल अभिनित भोजपुरी फिल्मको ट्रेलर सार्वजनिक भएको छ । उनले प्रेमगीत–२ मा अभिनय गरेकी छिन् ।

नेपाली फिल्म उद्योगका केही कलाकारले भोजपुरी बजारमा आफूलाई स्थापित गर्ने प्रयास गरिरहेका छन् । नायक विराज भट्टले भोजपुरी चलचित्र बजारमा राम्रो स्थान बनाए पनि अरु कलाकार फाट्टफुट्ट रुपमा मात्र देखिने गरेका छन् ।

यसैबीच शिल्पा पोखरेल पनि भोजपुरी चलचित्रमा जम्ने प्रयास गर्दैछिन् । उनले यसअघि चलचित्र ‘जय शम्भु’मा काम गरिसकेकी छिन् । उनै, शिल्पाले अभिनय गरेको भोजपुरी चलचित्र ‘प्रेमगीत २’को ट्रेलर सार्वजनिक गरिएको छ । यो चलचित्रमा शिल्पा भोजपुरी नायक प्रदिप पाण्डेसँग रोमान्टिक मुडमा देखिएकी छिन् ।

चलचित्रको ट्रेलरमा शिल्पा र प्रदिपबीचको प्रेमलाई चित्रित गरिएको छ । यो चलचित्रलाई लिएर शिल्पा पनि आशावादी छिन् । चलचित्रलाई सोनु खत्रीले निर्देशन गरेका हुन् । चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here