कोरोना सुरक्षा मापदण्ड पालना गर्न धितोपत्र बोर्डको निर्देशन

३० वैशाख, काठमाडौं ।

नेपाल धितोपत्र बोर्डले कोरोना सुरक्षा मापदण्ड कडाईका साथ पालना गर्न मातहतका निकायलाई निर्देशन दिएको छ । बोर्डले सेयर ब्रोकर कम्पनी तथा मर्चेन्ट बैंकहरुलाई यस्तो निर्देशन दिएको हो ।

बोर्डले बिहीबार एक निर्देशन जारी गर्दै कर्मचारीहरुलाई वर्क फ्रम होममा लगाउन र सिस्टम चलाउनका लागि बढीमा ३ जना मात्रै कर्मचारी कार्यालयमा खटाउन निर्देशन दिएको छ ।

कोरोना महामारीका कारण समस्यामा परेका साना लगानीकर्ताहरुलाई सेयर बिक्री गरेको रकम उनीहरुको माग बमोजिम आवश्यकता अनुसारको रकम सम्भव भएसम्म तत्कालै उपलब्ध गराउन समेत ब्रोकरलाई बोर्डले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here