ललितपुरमा अत्यावश्यक बाहेकका सबै कार्यालय बन्द

३० वैशाख, काठमाडौं ।

निषेधाज्ञामा ललितपुर जिल्लाभित्र अत्यावश्यक बाहेकका सबै कार्यालयहरु बन्द हुने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले सूचना जारी गर्दै कोरोना संक्रमण नियन्त्रण गर्न अत्यावश्यक बाहेकका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

साथै अत्यावश्यक कार्यालयहरुले पनि न्यूनतम जनशक्ति प्रयोग गरी सेवा प्रवाह गर्नुपर्ने छ । यस्तै सेवा प्रवाहमा खटाइएका कर्मचारीहरुको विवरण जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउन र सोही आधारमा मात्र आवतजावत गर्न दिइने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here