सर्लाहीमा १० दिन निषेधाज्ञा थपियो

३० वैशाख, सर्लाही ।
जिल्लामा कोरोना संक्रमण बढ्दै गएपछि नियन्त्रणका लागि थप १० दिन निषेधाज्ञा लगाइएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय सर्लाहीले एक एक सूचना जारी गर्दै १० जेठसम्म निषेधाज्ञा लम्ब्याइएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी हेमराज तामाङको नेतृत्वमा बसेको जिल्लास्तरीय कोभिड–१० संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो । निषेधाज्ञाभर सार्वजनिक तथा निजी सवारी साधन चलाउन नपाउने, स्वास्थ्य सुरक्षाबाहेकका सेवा बन्द रहने तथा बजार, शिक्षण संस्था आदि सबै बन्द रहने सूचनामा उल्लेख छ ।

यद्यपि वित्तीय सेवा दिने संस्थाहरुका साथै सुरक्षा, सञ्चार, विद्युत, खानेपानी आदि अत्यावश्यक सार्वजनिक सेवाहरु सुरक्षा मापदण्ड पालना गरी खोल्न सकिने सूचनामा उल्लेख छ । यसैगरी खाद्यान्न तथा फलफूल, डेरी पसल आदि बिहान ७ देखि १० बजेम्म खोल्न सकिनेछ ।

मठमन्दिरमा नियमित पूजाबाहेकका कार्यमा निषेध लगाइएको छ । विवाह, ब्रतबन्धजस्ता सामाजिक कार्यमा बढीमा १५ जना सम्मिलित हुन पाउने सूचनामा भनिएको छ । निर्णयअनुसार वैवाहिक कार्यक्रममा दुई वटा गाडी मात्र प्रयोग गर्न सकिनेछ, जसमा १५ जनाभन्दा बढी जन्ति राख्न पाइने छैन ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here