३० वैशाख, काठमाडौं ।
नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपाल (जसपा) को महन्थ ठाकुर पक्षबीच बिहीबार भएको वार्ता विफल भएको छ । कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्न जसपाको ठाकुरपक्षले अस्वीकार गरेका छन् ।
वार्ताका क्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले आफू नेतृत्वमा बन्ने सरकारलाई सघाउन गरेको आग्रहमा ठाकुरले असहमति जनाएका थिए ।
ठाकुर निकट सांसदको बैठक हुँदै
यसैबीच, कांग्रेस सभापति देउवालाई भेटेर फर्किएका महन्थ ठाकुरले आफू पक्षधर सांसदहरुलाई छलफलका लागि डाकेका छन् । उनले आफूनिकट सांसदहरूलाई भक्तपुरको एक रिसोर्टमा बोलाएका छन् । हालसम्म १३ जना उक्त रिसोर्टमा पुगिसकेका छन् भने अन्य आउने क्रममा रहेका छन् ।