३० वैशाख, काठमाडौं ।
नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरिक्षक (एआईजी) कमलसिंह बमको घरमा कार्यरत प्रहरी कर्मचारी मृत भेटिएका छन् ।
कागेश्वरी मनहरा–६ स्थित बमको घरमा काम गर्ने प्रहरी परिचर बासुदेव धमला मृत फेला परेका हुन् । बमको घर नजिकै रहेको धमला बस्ने सानो घरमा उनी झुण्डिएको अवस्थामा फेला परेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।