३० वैशाख, काठमाडौं ।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमितको बिहीबार मृत्यु भएको छ ।
प्रतिष्ठानका सहप्रवक्ता डाक्टर चुडामणि पोखरेलका अनुसार बिहीबार बिहान ९ बजेर ५० मिनेटमा सुनसरीको इटहरी उपमहानगरपालिका–२० का ७८ वर्षीय वृद्धको मृत्यु भएको हो । उच्च रक्तचापबाट पीडित उनमा बुधबार कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
संक्रमण पुष्टि भएसँगै सोही दिन उपचारका लागि प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएका वृद्धको स्वास्थ्य अवस्था जटिल रहँदै आएको सहप्रवक्ता पोखरेलले बताए । प्रतिष्ठानमा हालसम्म १ सय ५१ जना संक्रमितको उपचारका क्रममा मृत्यु भइसकेको छ ।