३० वैशाख, काठमाडौं ।
संघीय संसदका सांसदहरुलाई शुक्रबार कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाइने भएको छ ।
संघीय संसद सचिवालयका अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यका लागि वैशाख ३१ गते खोप लगाउने तय भएको हो । सचिवालयले तालिका सार्वजनिक गर्दै सांसदसहित केही अन्यलाई पनि दोस्रो डोज लगाइने बताएको छ ।
संघीय संसदका पदाधिकारी र सचिवालयका सबै कर्मचारीले जेठ १ गते, र सबै स्वकीय सचिव, मर्यादापालक र सुरक्षासँग सम्बन्धित कर्मचारी, संघीय मामिला पत्रकारले जेठ २ गते खोप लगाउने तालिका रहेको बताइएको छ ।