प्रदेश नम्बर २ मा शुक्रबार सार्वजनिक बिदा

३० वैशाख, काठमाडौं ।

प्रदेश नम्बर २ सरकारले शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुस्लिम धर्मावलम्बीहरूको पर्व इद–उल–फित्रलाई मध्यनजर गर्दै शुक्रवार सार्वजनिक बिदाको घोषणा गरिएको विज्ञप्तीमार्फत जनाइएको छ ।

बिहीबार एक विज्ञप्ती जारी गर्दै मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम धर्मावलम्बीहरूको पर्व इद–उल–फित्रको अवसरमा वैशाख ३१ गते शुक्रवार सार्वजनिक बिदा दिएको बताएका हुन् । उनले कोरोना महामारीलाई मध्यनजर गर्दै गत वर्षझैँ यस वर्ष पनि घरमै स्वास्थ्य मापदण्डलाई पालना गरी पर्व मनाउन अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here