कोरोनाले पछिल्लो २४ घन्टामा चार हजारभन्दा बढी भारतीयको ज्यान लियो

३० वैशाख, काठमाडौं ।

भारतमा पछिल्लो २४ घण्टामा कोरोना महामारीले चार हजार भन्दा धेरै मानिसको ज्यान लिएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार हिजो तीन लाख ६२ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । यसैगरी संक्रमणबाट चार हजार एक सय २० जनाको ज्यान गएको छ । सो अवधिमा तीन लाख ५२ हजार मानिस संक्रमणमुक्त भइ घर फर्किएका छन् ।

भारतमा हाल सक्रिय संक्रमितको संख्या ३७ लाख भन्दा बढि रहेको छ भने कोभिड–१९ का कारण दुई लाख ५८ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् । यसैगरी दुई करोड ३७ लाख भन्दा धेरै संक्रमित भएको तथ्यांक छ ।

भारतमा १७ करोड ७२ लाख भन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा एक मात्रा लगाएका छन् । (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here