३० बैशाख, काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल आफैँले अक्सिजन उत्पादन गर्ने भएको छ ।
नगरपालिकाले करीब रु ६० लाखका लगानीमा आफ्नो अस्पतालका लागि अक्सिजन उत्पादन गर्ने भएको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताए ।
अस्पतालमा अहिले ४३ जना कोरोना संक्रमित भर्ना भएर उपचार भइरहेका छन् ।
दैनिक ७० सिलिण्डर अक्सिजन आवश्यक पर्ने भएकाले आफैँले अक्सिजन उत्पादन गर्न प्लान्ट निर्माण सुरू गरिएको उनले बताए ।(रासस)