धनुषामा जेठ १० सम्म निषेधाज्ञा थप

३० बैशाख, काठमाडौं । धनुषा जिल्लामा जेठ १० सम्मका लागि निषेधाज्ञा बढाइएको छ । हाल बैशाख ३१ गतेसम्म निषेधाज्ञा रहेकोमा बैशाख ३१ गते राति १२ बजेदेखि लागु हुने गरी निषेधाज्ञा गप गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लामा कोरोना संक्रमणको दर बढेको भन्दै निषेधाज्ञा थप गरेको हो ।

जिल्ला प्रशासन कार्यालय धनुषाले विज्ञप्ति जारी गर्दै जिल्लामा निषेधाज्ञा बढाइएको जनाएको छ । कोभिड — १९ को नयाँ भेरियन्टको संक्रमण बढेसँगै मृत्युदर पनि बढ्दै गएको र स्थितिमा सुधार नभइसकेकोले निषेधाज्ञा बढाइएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here